युरो कपमा आज ७ खेल हुँदै ! खेल–तालिका र समय हेर्नुहोस् !



०८ चैत्र २०७५, काठमाडौं

युरोपको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता युरो कपअन्तर्गतत आज ७ खेल हुँदैछन् ।

सन् २०२० मा हुने सो प्रतियोगिताका लागि अघिल्लो दिनबाटै छनौट खेल सुरु भएका छन् ।

छनौट खेलमा युरोपका ५५ वटै देशले खेल्नेछन् । ५५ वटा देशलाई विभिन्न १० समूहमा विभाजन गरिएको छ ।

जसमा हरेक समूहबाट शीर्ष दुईमा पनि टोली युरो कपका लागि छनौट हुन्छन् ।

४ टिमलाई प्ले अफ्बाट लगिनेछ । बाँकी ८ टिमलाई अन्य बाटोबाट लगिनेछ ।

आजको खेल तथा समय

बुल्गेरिया भर्सेस मोन्टेनेग्रो – राति १०ः४५ बजे

अल्बानियाँ भर्सेस टर्की – राति १ः३० बजे

एन्डोरा भर्सेस आइसल्यान्ड – राति १ः३० बजे

माल्डोभा भर्सेस फ्रान्स – राति १ः३० बजे

पोर्चुगल भर्सेस युक्रेन – राति १ः३० बजे

लक्जेमबर्ग भर्सेस लिथुनियाँ – राति १ः३० बजे

इंग्ल्यान्ड भर्सेस चेक रिपब्लिक – राति १ः३० बजे

प्रतिक्रिया दिनुहोस्