‘ए मेरो हजुर ३’ को दोस्रो गीत रिलिज, यस्तो देखियो अनमोल र सुहानाको केमेष्ट्रि (भिडियो)



०८ चैत्र २०७५, काठमाडौँ

ए मेरो हजुर ३ यो बर्षको निकै प्रतिक्षित चलचित्र हो । चलचित्र ए मेरो हजुर ३ दर्शकको लागि विशेष भन्नुको कारण नायिका झरना थापाकी छोरी सुहाना थापाको यो डेब्यु चलचित्र हो र चलचित्रमा सुहानासँग अहिलेका मेघास्टार अभिनेता अनमोल केसीले रोमान्स गरेका छन् ।

चलचित्र ए मेरो हजुर ३ लाई नायिका तथा निर्देशक झरना थापाले निर्देशन गरेकी हुन् । केहीसमय अघि चलचित्रको टिजर र ‘जीन्दगी नै भन्दिन’ बोलको गीत सार्वजनिक गरिएको थियो । जसले बजारमा निकै चर्चा पाइरहेको छ । त्यस्तै चलचित्रको दोस्रो गीत भर्खरै मात्र सार्वजनिक भएको छ ।

आनन्द अधिकारीको शब्द र आशिष अविरलको संगीत रहेको ‘परान’ बोलको गीतमा आशिष अविरल र अञ्जु पन्तको आवाज रहेको छ । उक्त गीतम चलचित्रमा मुख्य कलाकार अनमोल केसी र सुहाना थापालाई फिचर्ड गराइएको छ । उक्त गीतमा अनमोल र सुहानालाई टिपिकल नेपाली पहिरनमा देख्न सकिन्छ । निकै रमाइलो शैलीको गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । चलचित्र ए मेरो हजुर ३ आउँदो चैत्र २९ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ ।

प्रतिक्रिया दिनुहोस्