नेपाली युवकसँग बिहे गर्दै बलिउड नायिका श्रद्धा कपुर !



०८ चैत्र २०७५, काठमाडौँ

श्रद्धा कपुर बलिउडकी निकै चर्चित नायिका हुन् । उनले पनि बलिउडमा छोटो समयमा नै निकै सफलता पाउन सफल भइन् । यतिबेला भने श्रद्धा नेपाली युवकसँग प्रेममा रहेको कुराले चर्चित छिन् ।

यतिबेला बलिउडमा नायिका श्रद्धा कपुर बलिउडका चर्चित फोटोग्राफर नेपालका राकेश श्रेष्ठका छोरा रोहन श्रेष्ठसँग प्रेममा रहेको कुराको चर्चा चलिरहेको छ । त्यतिमात्र नभएर प्राप्त जानकारी अनुसार उनी चाडैँ नै रोहनसँग घरजम पनि गर्दैछिन् । यदि त्यसो भएमा श्रद्धा पनि नेपालकी बुहारी हुन पुग्छिन् ।

रोहन र श्रद्धा बच्चादेखिका साथी हुन् । यी दुईले स्कूल र कलेज एकसाथ पढेका थिए । रोहन बलिउडका धेरै कलाकारसँग नजिक छन् ।

प्रतिक्रिया दिनुहोस्