विवाहपछि प्रियंका भन्छिन्, ‘म सबैभन्दा खराब पत्नी हुँ’



०८ चैत्र २०७५, काठमाडौँ

प्रियंका चोपडा बलिउड तथा हलिउडकी निकै व्यस्त र चर्चित नायिका हुन् । यतिबेला भने उनी अमेरिकामा आफ्ना पति निक जोनससँग बस्दै आएकी छिन् । उनी केहीसमय अघि भारत पनि आएकी थिइन् ।

एक अमेरिकन च्याट शो मा प्रियंकाले आफ्नो निजी जिन्दगीको बारेमा केही बताएकी छिन् । अहिले उनको उक्त कुरा सामाजिक सञ्जालमा निकै भाइरल पनि भैरहेको छ । प्रियंकाले एक च्याट शो मा आफू सबैभन्दा खराब पत्नी भएको बताएकी छिन् ।

प्रियंकाले आफूलाई खाना समेत बनाउन नआउने भएकाले आफू खराब पत्नी भएको बताएकी हुन् । उनले निकको घरमा सबैले निकै मिठो खाना बनाउन जानेको तर आफूलाई भने अण्डा र टोस्ट मात्र बनाउन आउने बताइन् । उनले आफूलाई मात्र नभएर निकलाई पनि खाना बनाउन नआउने बताइन् ।

प्रतिक्रिया दिनुहोस्