‘मैले छोरीलाई हिट बनाउन अनमोललाई लिएकी होइन’ : झरना थापा



०७ चैत्र २०७५, काठमाडौँ

नायिका झरना थापा नायिका मात्र नभएर निर्देशक पनि बनिसकेकी छिन् । उनले पहिलो पटक निर्देशन गरेको चलचित्र ए मेरो हजुर २ गतबर्ष प्रदर्शनमा आएको थियो । जसलाई दर्शकले अत्याधिक रुचाएका छन् ।

त्यस्तै झरनाले दोस्रो पटक निर्देशन गरेको चलचित्र ए मेरो हजुर ३ पनि आउँदो चैत्र २९ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ । चलचित्रमा अनमोल केसीसँग नव नायिका सुहाना थापाले रोमान्स गरेकी छिन् ।

सुहाना झरनाकी छोरी भएको कारण पनि धेरैले झरनालाई सुहानालाई हिट बनाउन अनमोलसँग काम गराएको आरोप लगाउने गरेका छन् । तर झरनाले आफूले छोरीको हिट बनाउनको लागि अनमोललाई चलचित्रमा नलिएको बताएकी छिन् ।

झरनाले छोरी अहिले चलचित्रमा आउन नचाहेको तर आफैँले छोरीको लागि यो सुनौलो अवसर भएकाले उनलाई चलचित्रमा भित्र्याएको बताइन् । उनले अनमोल चलचित्रमा भएर सुहानालाई काम गर्न सजिलो भने निकै भएको बताइन् । झरना पहिलो चलचित्रमा नै आफ्नो छोरीको कामबाट भने निकै खुसी छिन् ।

प्रतिक्रिया दिनुहोस्