प्रविन र रोजीनाद्वारा अभिनित ‘जुनको आँशु’ म्युजिक भिडियो सार्वजनिक !! (भिडियो सहित)



०७ चैत्र २०७५, काठमाडौं

नेपाली सांगितिक आकाशमा विभिन्न विधाका गीतसंगितहरु भित्रिरहेका छन् ।

त्यस्तै भर्खरै मात्रै नेपाली सांगितिक आकाशमा छाएको एउटा गीत हो,,, ‘जुनको आँशु’ !

जसले अहिले नेपाली सांगितिक माहौललाई निकै रोमाञ्चक बनाईरहेको छ ।

दर्शकहरुले धेरै रुचाएका सो गीतलाई हाईलाईट्स नेपालले युट्युबमार्फत आम–दर्शकसामु ल्याएको हो ।

‘जुनको आँशु’,,,,,मा गायक कुमार प्रयासको समधुर स्वर सुन्न सकिन्छ भने, शब्द साहित्यकार सुवास संगमले लेखेका हुन् ।

सो गीतमा हरी लम्सालको संगितलाई शाहस साक्यले समायोजन गरेका छन् । बुद्ध थापाले छायाकंन गरेका सो म्युजिक भिडियोमा विकास धमलाले सम्पाद गरेका हुन् ।

निकेश खड्काको निर्देशन गरेका सो गीतले अहिले धेरै दर्शकहरुलाई लाभ्याएको छ ।

सो गीतमा अभिनय भने, नव–मोडेलद्वय प्रविन राई र रोजिना राईको रहेको छ ।

सो म्युजिक भिडियोबाटै फ्यान फलोअर्स आर्जिरहेका प्रविन र रोजीना अहिलेका व्यस्त मोडेल हुन् ।

हुन त लोकप्रियता भनेको कहिल्यै स्थीर हुँदैन ।

तर, अहिले प्रविन र रोजीना मोडलिङ क्षेत्रमा निकै व्यस्त मोडलहरु हुन् ।

“प्रविन र मैले यसभन्दा अगाडी धेरै कामहरु अरु नै व्यक्तित्वहरुसँग गरेका थियौं, तर, संयोगले यो म्युजिक भिडियोमा भने, सँगैं काम गर्ने अवसर मिल्यो म खुशी छु ।” परिवर्तन टिभीमा रोजीना भन्छिन् ।

प्रविन सोलुखुम्बुको रमणीय डाँडापाखामा रमाउँदै जन्मेका हुन् भने, रोजिना राई राई छिमेकी जिल्ला खोटाङको पाखाहरुमा बहने हावासँग वयेली खेल्दै जन्मेकी हुन् ।

प्रविनले यसअघि दुईओटा म्युजिक भिडियोमा अभिनय गरेका छन् । भने, राजीनाले करिब २ दर्जन गीतहरुमा आफ्नो कला प्रस्तुत गरेकी छिन् ।

यहि जोडीको अद्धितीय कलामा बनेको एउटा म्युजिक भिडियो हो, ‘जुनको आँशु’ !

जसले एकपटक नेपाली गीतसंगितलाई निकै तताएको छ ।

“हाईलाईट्स नेपाल’बाट दर्शकसामु ल्याईएको यो म्युजिक भिडियोले हामीलाई धेरै अगाडी लाने काम गरेको छ । यहाँहरुको मायाँ पनि उत्तिकै पाएका छौं ।”

उनीहरु परिवर्तन टिभीसँग कुराकानी गर्दै भन्छन् ।

प्रविन र रोजीनाद्वारा अभिनित सो गीतले अहिले धेरै भन्दा धेरै भिउजहरु कमाएका छन् ।

त्यो उनीहरुका लागि मात्रै नभएर सम्पुर्ण नेपाली गीतसंगितका पनि एउटा खुशीको कुरा हो ।

अन्त्यमा !

नेपाली समाजमा यस्तो गीतसंगितहरु भित्रिनु नेपालीहरुका लागि नै एउटा खुशीको कुरा हो ।

यो नेपाली गीतसंगित आकाशमा नयाँ आयाम हो ।

अनि !

प्रविन र रोजीनाको यो सुन्दर प्रतिभा अनि सफलताले सगरमाथालाई होचो बनाओस् !

अर्को म्युजिक भिडियो छिट्टै आओस्, राम्रै आओस् !

भिडियो हेर्नुहोस् !

‘परिवर्तन टिभी’मा गरिएको भिडियो हेर्नुहोस् !

प्रतिक्रिया दिनुहोस्