परिवर्तन खबरको भाईबर सेवा २४ सै घण्टा संचालनमा



०७ चैत २०७५, काठमाडौं

“सकारात्मकता र विकासका लागि परिवर्तन खबर” भन्ने मूल नाराका साथ करिव दुई वर्षदेखि संचालनमा रहेको लोकप्रिय अनलाईन पत्रिका परिवर्तन खबर डट कमले चौविसैं घण्टा संचालनमा आउने गरी आजबाट भाईबर सेवा सुचारु गरेको छ ।

स्वदेश तथा विदेशमा रहेका बहुसंख्यक नेपालीहरुसँग गुणस्तरीय मोबाईल फोन हुने तर क्यामराको प्रयोग र पहुँच प्रभावकारी नहुने भएकोले हरेक कार्यक्रमका फोटाहरु मोबाईलबाट खिच्ने प्रचलन बढ्दै गएको छ । मोबाईलबाट खिचिएका फोटाहरु सामाजिक संजालमा प्रयोग गरेपछि फोटोका गुणस्तरमा अत्याधिक कमी आउने भएकोले विश्वभर छरिएर रहेका नेपालीहरुले आयोजना गरेका कार्यक्रमका गतिविधिहरु गुणस्तरीय फोटो सहित प्रकाशन/प्रशारण गर्ने उद्देश्यले परिवर्तन खबरले चौविस घण्टे भाईबर सेवा संचालनमा ल्याएको हो ।

भाईबर सेवा सुचारु भएसँगै कार्यक्रमका सहभागी तथा आयोजकहरुले तत्काल मोबाईल फोन मार्फत  खिचेका फोटा तथा कार्यक्रमको विवरण तत्काल पठाउन सक्नेछन् ।

परिवर्तन खबरको फ्रन्ट डेक्समा कार्यरत संवाददाताहरुले भाईबर मार्फत प्राप्त सूचना र फोटोको प्रयोग गरी तत्काल समाचार प्रकाशन गर्नेछन् । प्रकाशन गरिएको समाचारको लिंक सोही नम्बरमा तुरुन्त पठाउने व्यवस्था समेत गरिएको छ ।

भाईबर सेवा संचालनमा आएसँगै स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा आयोजना हुने वा भएका कार्यक्रमहरुको समाचार प्रकाशन गर्न सकिने परिवर्तन खबरले विश्वास लिएको छ । यसको प्रयोगले आयोजकहरुलाई संचार संस्थामा सजिलो पहुँच पुग्नुको साथै परिवर्तन खबरको पहुँच थप विस्तार हुने अपेक्षा गरिएको छ ।

भाईबर सम्पर्कको लागि : ९८५११११७०९
इमेलको लागि : [email protected]
कार्यालय सम्पर्क नंं : ०१–४८१००९८

प्रतिक्रिया दिनुहोस्