ब्रेन क्यान्सरले ग्रस्त ‘रबिना राई’लाई सहयोगको लागि कारुणीक अपिल ! (डकुमेन्ट्री सहित)



०३ चैत्र २०७५, काठमाडौं

जीवनमा कुनै त्यस्तो अप्रिय चिज छ भने, त्यो मृत्यु हो ।

जसबाट मान्छे सधैं टाढा रहँन खोज्छ । तर,कदापी सक्दैन ।

मान्छे आफु रुँदै आउनु अनि अरुलाई रुवाउँदै जानुबीचको भागलाई जीवनको संज्ञा दिईएको छ ।

मृत्यु र जीवन एकअर्काका विकल्प होेईन । न त यिनीहरु एकअर्काको शत्रु नै हुन् । मृत्युसँग जीवन गाँसिएको हुन्छ । जीवनलाई मृत्युले लय, छन्द अनि निश्चित आकारमा ल्याउने महान् कार्य गर्दछ ।

एउटा मान्छे जन्मिन्छ, हुर्किन्छ । जसोतसो जीवनलाई गुजार्छ । अनि एक दिन प्रकृतिमा एकाकार हुन्छ । कहिल्यै नफर्किने गरि, यो त प्रकृतिको लिला नै हुन् । तर, मान्छे त्यो समय दुःको भूमरीमा पर्छ ।

जत्तिखेर जीवनको पूर्वसन्ध्यामै उसको जीवन मृत्युसँग गाँसिन खोज्छ ।

उसलाई बाँच्नु छ । तर, आधार हुँदैन । उसलाई आधार चाहिएको हुन्छ । अरुको सहयोग चाहिएको हुन्छ ।

यस्तै अवस्थाका एक जना मृत्यसँग लडिरहेकी एक जीवन योद्धा हुन् । लोखिमस्थित रबिना राई । जो विगत डेढ महिनादेखि काठमाडौंको टिचिङ हस्पिटलको बेडमा लडिरहेकी छिन् ।

ब्रेन क्यान्सरबाट ग्रस्त रबिनाको पारिवारिक अवस्था पनि मजबुद छैन । तपाईहरु सम्पुर्ण सहयोगी मनहरुमा यो मन ओछ्याएर हामी सहयोगको अपिल गर्दछौं ।

तपाईको सानो सहयोगले कसैको जीवन बाँच्छ भने, शायदै त्यो भन्दा ठुलको काम केही पनि हुन्न होला ।

मरेर कसैले धेरै चिज लाने पनि होईन । बाँचुञ्जेल राम्रो काम गर्नु नै सबैभन्दा ठुलो धर्म हो । यो सास गएपछि आखिर सबै जाने रित्तो हात नै हो ।

हामी नतमस्तक छौं ।

रबिना राईको लागि विशेष रुपमा सहयोग गर्नुहुने तपाई सम्पुर्णलाई विशेष आभार प्रकट गर्न चाहन्छौं ।

त्यसैगरि सानो सानो रकमहरुलाई संकलन गरेर विभिन्न ठाँऊबाट पीडित पक्षलाई बुझाईदिने तपाईहरुलाई पनि धेरै धन्यवाद !

आजसम्म रबिना राईको लागि उठेको रकम !

सोलुखुम्बुको लोखिमबाट– ५३७५४
कतारबाट ७५३७५
जापान– ११३२६
यूएईबाट–५०१५४
भारतबाट–३००००
अन्यबाट–८२७५७

कारुणीक अपिल !

त्यसैगरि अबका दिनहरुमा सहयोग गर्न चाहने महानुभावहरुले यो खाता नम्बरमा जम्मा गरिदिनुका लागि हार्दिक अनुरोध छ ।

प्रेम कुरमा राई
खाता नम्बर : ०९५२०००४७०९
लक्ष्मी बैंक

डकुमेन्ट्री हेर्नुहोस् –

https://www.youtube.com/watch?v=QLsDYGEjepU&t=15s

प्रतिक्रिया दिनुहोस्