मेयर साब ! मैजुबहाल बाटो निर्माणको कामले किन गति लिएन ?



०१ चैत २०७५, काठमाडौं

नेकपा काठमाडौ जिल्ला पार्टी कार्यालयको समुद्घाटन कार्यक्रम शुरु हुनु अघि प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य बिच आनन्दनगर बगैंचाको छेउमा वार्तालाप भईरहेको दृश्य प्रष्ट देखिन्थ्यो ।

काठमाडौ–४ को समग्र विकासको लागि अहोरात्र खटिरहेका डा. भट्टराईले पार्टी कार्यालयको उद्घाटन समारोहलाई समेत विकास निर्माणको काममा उपयोग गरे ।

काठमाडौं महानगरपालिका वडा न. ७ को मैजुवहाल, शंकरज्योती र शाखा मार्गको टेन्डर भएर पनि कामले किन गति लिएन मेयर साप ?

नगरप्रमुख शाक्य भन्दै थिए – डा. साप महानगरको काम गर्न कहाँ सजिलो छ र ? टेन्डर आव्हान भएपछि समेत आशय पत्र दिनु पर्ने नियम छ । त्यो प्रक्रिया पूरा भएपछि काम अगाडि बढ्छ ।

अरु सांगठनिक कामको बारेमा सोध्दै नसोधी विकास निर्माणको छलफल पछि डा. भट्टराई कार्यव्यस्तताको कारणले उद्घाटन समारोहमा समेत नबसी निस्किए।

प्रतिक्रिया दिनुहोस्