आज बस्ने पोलिटव्युरो बैठकद्वारा दोस्रो जनयुद्धको घोषणा गर्दै विप्लव



१ चैत २०७५, काठमाडौ

सरकारले आफ्ना पार्टी विरुद्ध गरेको निर्णय पछि नयाँ रणनीति बनाउन नेकपा नेत्र विक्रम चन्द विप्लव समुहले पोलिट्ब्युरो बैठक बोलाएको छ । सरकारले विप्लव समुहलाई अपराधिक समुह भएको ठहर गर्दै उसका गतिविधिमा प्रतिबन्ध लगाएको छ । त्यस पछि उत्पन्न परिस्थितिको सामना गर्न र भावी रणनीति तय गर्न नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पोलट्ब्यिुरो बैठक बोलाएको हो ।

बैठक शुक्रबारबाट सुरु भएको छ । विप्वल समूहलाई सरकारले मंगलबार आपराधिक समूह किटान गर्दै मन्त्रिपरिषद बैठकबाट प्रतिबन्धको निर्णय गरेको थियो । सो समूहका एक पोलिट्ब्युरो सदस्यले अकस्मात नयाँ परिस्थिति खडा भएकाले आगामी दिनमा सरकारविरुद्ध कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको बताए ।

उनका अनुसार मुलुकभित्रै ज्ञात स्थलमा बस्ने पोलिट्ब्युरो बैठकले सरकारले आफ्नो समूहलाई लक्षित गरी एकतर्फी रुपमा युद्ध घोषणा गरेकाले ‘बन्दुकको जवाफ बन्दुकले दिने’ रणनीति बनाइने उल्लेख गरे ।

विप्लवलाई तत्काल ‘दोश्रो जनयुद्ध’ घोषणा गरेर जान पार्टीभित्रका बहुमत नेताहरुको दबाब छ । तर, विप्लव भने परिस्थितिको अथप आंकलन गरेर मात्र त्यसबारे निर्णय लिने मनस्थितिमा छन् । यद्यपि उनले विज्ञप्तिमार्फत सरकारले एकतर्फी युद्ध घोषणा गरेको भन्दै त्यसको जवाफ दिइने बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्