‘बैंकका कारण लगानी गुम्ने अबस्था आयो !’



३० फागुन २०७५, इटहरी

इटहरीका व्यवसायीले बैंकका कारणले आफ्नो लगानी धरापमा परेको आरोप लगाएका छन् । उत्पादित तथा आयाततित वस्तुको बिक्रि बितरण गर्दै आएका इटहरीका बितरक व्यवसायीहरु बैंकको व्याज तथा अन्य थप शुल्कको कारण मारमा पेरेको बताएका हुन् । व्यवसायीले बैंकको व्याजको कारण जायजेथा गुमाउनु पर्ने अवस्था सिर्जना भएको र बैकले एकतर्फी शुल्क बढाउदा समस्यामा परेको भन्दै आपत्ति जनाएका हुन् ।

व्यवसायीको लगानीबाट प्रतिफल प्राप्त गर्नु पर्नेमा लगानीको जोखिम झन बढेर गएको इटहरी बितरक संघले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । व्यवसायीलाई बित्तिय संस्थाबाट मार परेको इटहरी बितरक व्यवसायी संघका निबर्तमान अध्यक्ष टंक प्रसाद खनालले बताए ।

बितरक व्यवसायीको बजार व्यवस्थापनको लागी अग्रिम एसि पे चेक लिई मात्र कारोबार गर्ने इटहरी बितरक संघले निर्णय गरेको छ । त्यसैगरि तोकिएको क्षेत्राधिकार भित्र मात्र कारोबार गर्न संघले आग्रह समेत गरेको छ । बजारमा तोकिएको मुल्य तथा क्षेत्रअधिकार भन्दा माथि गएर काम गरेको पाईएमा संघले कार्वाही गर्ने संघका अध्यक्ष कमल ढुंगानाले बताए ।

प्रतिक्रिया दिनुहोस्