एनआरएनए एनसीसी अध्यक्षका प्रत्यासी संजय थापाका मागहरु



२८ फागुन २०७५, काठमाडौं

एनआरएनए एनसीसी अमेरिकाको निकट भविष्यमा हुने निर्वाचनमा अनाधिकृत मतदान आशंका गर्दै निष्पक्ष मतदानको लागि अध्यक्षका प्रत्यासी संजय थापाले माग गरेका छन् ।

विगतका निर्वाचनबाट पाठ सिक्दै तपशील बमोजिमका मागहरु तत्काल सम्बोधन गर्न निर्वाचन आयोग र वर्तमान कार्यसमिति समक्ष प्रत्यासी थापाले माग गरेका छन् ।

संजय थापाका मागहरु :

१. One Device (IP) One Vote गर्नुपर्ने ।

२. Verification Code सदस्यता आवेदनमा प्रयोग भएको फोन नम्बरमा मात्रै उपलब्ध गराउनुपर्ने ।

३. अध्यक्षको उम्मेदवारको एउटा प्रतिनिधि निर्वाचन अनुगमनमा राख्नुपर्ने र निर्वाचन आयोगले गर्न लागेको सवै कामको जानकारी उक्त प्रतिनिधिलाई उपलब्ध गराउनुपर्ने ।

४. निर्वाचन आयोगको कुनै पनि सदस्यले Software को Admin /Access लिन नपाउने ।

५. निर्वाचनको परिणाम ईमेलबाट नभएर कम्प्युटरको सिस्टमबाटै निर्वाचन आयोगलाई पठाउने र निर्वाचन आयोगले त्यसैको आधारमा निर्णय सार्वजनिक गर्नुपर्ने ।

प्रतिक्रिया दिनुहोस्