सभामुख महराद्वारा प्याब्सन १४ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन (फोटो फिचर)



२८ फागुन २०७५, काठमाडौं

नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)को राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा सुरु भएको छ ।

सभामुख कृष्ण बहादुर महराले उद्घाटन गरेको १४ औं राष्ट्रिय महाधिवेशनले आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयनका साथै घोषणा पत्र जारी गर्दै दुई दिनसम्म चल्नेछ ।

उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि महराले नीजि विद्यालयले नेपाल शैक्षिक क्षेत्रमा ठूलो योगदान पुर्याएकोमा प्रशंसा गर्दै नीजि विद्यालयहरु बन्द नहुने बताए ।

कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नीजि विद्यालय बन्द हुने हल्ला मात्र चलेको भन्दै नीजि विद्यालय कुनै पनि हालतमा बन्द हुँदैन बरु विद्यार्थीलाई खोजमूलक तथा अनुसन्धानात्मक कसरी बनाउने भन्ने विषयमा काम गर्नुपर्ने औंल्याए ।

उच्च शिक्षामा नीजि लगानीको सहभागीता आबश्यकता रहेको बताउँदै सरकारले सरकारी शिक्षालाई राम्रो बनाउने जिम्मेवारीमा ध्यान दिने मन्त्री पोखरेलले बताए ।

समारोहमा क्षेत्रमा विशेष योगदान पुर्याएका क्रियाशील ब्यक्तित्वलाई सम्मान गरिएको थियोे ।

 

प्रतिक्रिया दिनुहोस्