प्याब्सन १४ औं केन्द्रीय महाधिवेशनमा डिके ढुंगाना पक्षद्वारा उम्मेदवारीको घोषणा



२७ फागुन २०७५, काठमाडौं

नीजि तथा आवासीय बिद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन केन्द्रिय कार्यसमितिको महाधिवेशनमा डिके ढुंगाना पक्षले आफ्नो उम्मेदवारी घोषणा गरेको छ ।

परिवर्तन खबरसँगको कुराकानीमा अध्यक्षका प्रत्यासी डिके ढंगानाले सो कुराको जानकारी गराएका हुन । अध्यक्षमा डिके ढुंगाना वरिष्ठ उपाध्यक्षमा आशिष श्रेष्ठ तथा प्रदेश उपाध्यक्षहरुमा प्रदेश २ बाट गोपाल कार्की, प्रदेश ३ बाट बिमल थापा, प्रदेश ४ बाट बीर बहादुर बुढाथोकी, प्रदेश ५ बाट सरिता देबकोटा, प्रदेश ६ बाट बालदीप कँडेल प्रदेश ७ बाट जगदीश थापा, महासचिवमा आरबी कटुवाल, उपमहासचिवमा भिमसेन केसी सचिवहरुमा ग्रेस श्रेष्ठ, हिरा शर्मा नेपाल, मदनप्रसाद आचार्य, भुवनलाल श्रेष्ठ लगायत कोषाध्यक्षमा सन्तोषमणि न्यौपाने, सहकोषाध्यक्ष गणेश बाबु पोख्रेल रहेका छन ।

उम्मेदवारी घोषणको क्रममा ढुंगाना पक्षले नीजि शिक्षामा प्राबिधिक शिक्षा ल्याउन नीजि शैक्षिक लगानीको संरक्षण गर्न, एकताबद्ध प्याब्सन बनाउन, नीजि बिद्यालयमैत्री नीति नियम बनाउन प्याब्सनलाई साङगठनिक रुपमा बलियो बनाउन, सामाजिक सुरक्षा कोषबाट परेको प्रभावको समाधान गर्न र नीजि विद्यालयहरुका सवै प्रकारका समस्याको समाधान गर्न आफुहरुको उम्मेदवारी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्