योजना बैंकको अभावले राष्ट्रिय गौरवका योजना प्रभावित : सांसद पहाडी (भिडियो सहित)



२६ फागुन २०७५, काठमाडौं

दीर्घकालीन सोचसहितको १५ औं राष्ट्रिय योजनाको अवधारणा पत्र माथि आयोजित राष्ट्रिय अन्तर्क्रिया कार्यक्रममा संघीय सांसद गणेश कुमार पहाडीले पूर्व तयारी र समन्वयको अभावले २०५१ देखि सुरु भएको मेलम्ची खानेपानी आयोजना हालसम्म पनि पुरा हुन नसकेको बताए ।

राष्ट्रिय योजना आयोगले योजना छनौट पूर्व पर्याप्त गृहकार्य नभएको बताउँदै योजना छनौट गर्नुपूर्व सोको बारेमा पर्याप्त गर्नुपर्ने बताउँदै त्यसो हुन सकेमा मात्र राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमा पुरा हुन सक्ने बताए ।

संघीय मन्त्रालय विचमा समेत पर्याप्त समन्वय र सहकार्य नहुनाले पूर्वाधार मन्त्रालयले निर्माण गरेको पिच सडकको विचमा बन मन्त्रालयले काट्ने स्वीकृति नदिदा रुख रहेको उदाहरण दिदैं योजना निर्माण र कार्यान्वयनमा संघीय मन्त्रालयहरुले पर्याप्त गृहकार्य गरी योजना बैंकको स्थापना गर्न समेत सुझाव दिए ।

यो पनि पढ्नुहोस्

वि.सं. २१०० सम्ममा प्रतिव्यक्ति आय १२ हजार पाँच सय पुर्याउने राष्ट्रिय योजना आयोगको तयारी

प्रतिक्रिया दिनुहोस्