रोटरी क्लब अफ पशुपतिमा डिजि भिजिट सम्पन्न



०३ फागुन २०७५, काठमाडौं

रोटरी क्लब अफ पशुपतिमा डिष्ट्रिक ३२९२ को डिजि चिन्तामणी भट्टराईले बार्षिक रुपमा हुने भिजिट सम्पन्न गरेका छन् ।

भिजिटको क्रममा भट्टराईले रोटरी क्लब अफ पशुपतिले निर्माण गरेको अनामनगर स्थित रोटरी प्रहरी बाटिका लगायतका परियोजनाहरुको भ्रमण गरेका थिए ।

क्लबको नियमित बैठकस्थल होटल एयरपोर्टमा भट्टराईलाई क्लबका विभिन्न विभागका प्रमुखबाट क्लबले गरेका गतिविधिहरु समेत जानकारी गराईएको थियो ।

सो अवसरमा समाजसेवीहरु तेजप्रसाद तिमल्सिना र मोतिराम फुँयाललाई रोटरी क्लबमा नयाँ सदस्यता समेत प्रदान गरिएको थियो ।

    

प्रतिक्रिया दिनुहोस्