टी–२० महिला विश्वकप एशिया छनौटको लागि नेपाली टोलीको घोषणा



०३ फाल्गुन २०७५, काठमाडौं

आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया छनौटको लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा गरिएको छ ।

छनौट कमिटिले थाईल्याण्डमा फेब्रुअरी १६ देखि २७ तारिखसम्म हुने छनौट प्रतियोगिताको लागि १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा गरेको हो ।

छनौटमा कप्तान रुविना क्षेत्रीसँगै उपकप्तान सीता रानामगर, करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुवँर, अप्सरी बेगम, ममता कुमारी चौधरी र विन्दु रावल रहेका छन् ।

त्यस्तै, बैकल्पिक खेलाडीमा रितु कुमारी कनुजिया, सुमन विष्ट, अन्जली चन्द र डोली भट्ट रहेका छन् । मुख्य प्रशिक्षकमा विनोद दास रहेका छन् भने सहायक प्रशिक्षकमा निरा राजोपाध्याय, म्यानेजरमा अमृता पौडेल र फिजियोमा सकुना दानी रहेका छन् ।

राउण्ड रोविन लिगको आधारमा हुने खेलमा नेपालले आफ्नो पहिलो खेलमा मलेसियासँग १९ फेब्रुअरीमा प्रतिस्पर्धा गर्दैछ । त्यस्तै, दोस्रो खेल २१ तारिखमा आयोजक थाईल्याण्डसँग प्रतिस्पर्धा गर्ने नेपालले २२ तारिख यूएई र २४ तारिख हङकङसँग खेल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्