अनुसन्धान भन्छ : दुध मिसिएको चियाले यौनशक्ति घटाउँछ ।



०३ फाल्गनु २०७५, काठमाडौं

दुध मिसाएको चिया पिउनेहरुको संख्या घट्दो रहेको केही अनुसन्धानले देखाएका छन् ।

दुध तथा दुधजन्य पदार्थका कारण पछिल्लो समय विभिन्न स्वास्थ्य समस्या देखिन थालेपछि दुध चिया पिउनेको संख्या घटेको खाद्यविद्हरुको भनाई रहेको पाईन्छ ।

गर्मी याममा त्यसै पनि चिया पिउने कम हुन्छन् । त्यसैमाथि ब्ल्याक टी, ग्रिन टी, पावर टी जस्ता दुध बिनाका चिया पिउनेहरु बढ्न थालेका छन् । यस्ता चिया स्वास्थयका हिसावले लाभदायी हुने धेरैको विश्वास छ । यस्तैमा भारतको गुजरातमा चिया पिउनेहरुमाथि हालै भएको एक अनुसन्धानले अनौठो तथ्य पत्ता लगाएको छ ।

त्यहाँका केही योग गुरुहरुले एक अनुसन्धान मार्फत दुध मिश्रित चिया पिउनाले पुरुषहरुको यौन शक्तिमा ह्रास आउने बताएका छन् । गुजरातस्थित गान्धीनगरमा रहेका १ हजार जना युवा तथा बयस्क गरी स्थानीय पुरुषहरुमाथि अनुसन्धान गर्दा यस्तो तथ्य पत्ता लागेको हो ।

उक्त अनुसन्धान अनुसार नियमित दुध चिया पिउने पुरुषहरु यौन तथा यौन सम्बन्धि समस्यामा रहेको भेटियो ।

ग्यास्ट्रिक, अल्सर र सुगर जस्ता समस्या सँगै दुधमिश्रित चियाले यौनशक्तिमा पनि ह्रास ल्याउने अनुसन्धानले देखाएको हो । योग सम्बन्धि एक संस्थाले यस्तो अनुसन्धान गरेको थियो ।

जसअनुसार ति पुरुषहरु यौन समस्याकै कारण योग गर्न तयार देखिएका थिए । योग गुरुहरुका अनुसार योगले यौन शक्तिमा आउने ह्रास हटाउने तथा शरिरमा स्फुर्ती ल्याउने गर्छ ।

प्रतिक्रिया दिनुहोस्