‘जानाजान फल’को आरोप लागेको मड्रिडका खेलाडी सर्जियोमाथि थप छानविन



०३ फाल्गुन २०७५, काठमाडौं

जानाजान फलको आरोप लागेको रियल मड्रिडका खेलाडी सर्जियो रामोसमाथि यूईएफपिएले थप छानविन गर्ने भएको छ । बुधबार भएको च्याम्पियन्स लिगको पहिले लेगको खेलमा पहेंलो कार्ड खाएका रामोशले सोलाई लिएर दिएको प्रतिक्रियामाथि छानविन गर्ने जनाईएको छ ।

रामोसले अजाक्सविरूद्धको खेलमा कासपर डोलबर्गलाई खेलको ८९ औं मिनेटमा फल गरेपछि पहेंलो कार्ड खाएका थिए। कार्ड खाएपछि उनले टोलीको आगामी खेल गुमाएका छन् ।

जानाजान फल गर्ने खेलाडीलाई दुई खेलसम्मको प्रतिबन्ध लगाउन सकिने प्रावधान रहेको छ । रामोसले ट्वीटरमा आफूले जानाजान फल गरेको स्वीकार गरेपछि छानविन गरिन लागेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्