निरुताको कर्ली कपालमा फिदा भए अनमोल र भुवन (भिडियो)



०३ फागुन २०७५, काठमाडौँ

अनमोल केसी नेपालका निकै चर्चित अभिनेता हुन् । उनलाई चलचित्र गर्न भ्याई नभ्याई छ । तर यतिबेला भने उनी उनको प्रदर्शनको तयारीमा रहेको फिल्म क्याप्टेन मा व्यस्त छन् । चलचित्र क्याप्टेन को एक गीत र ट्रेलर सार्वजनिक भैसकेको छ । जसलाई दर्शकले निकै मन पराएका छन् ।

त्यस्तै चलचित्र क्याप्टेन को बहुप्रतिक्षित गीत कर्ली कर्ली कपाल सार्वजनिक भएको छ । यो गीत निकै विशेष रहेको छ । कारण लामो समयपछि निरुता चलचित्रमा फर्किएकी छिन् र यो गीतमा अनमोल पहिलो पटक आफ्ना बाबु भुवन केसीसँग नाचेका छन् ।

हर्क साउद र मनिष ढकालको शब्द र सुशान्त गौतमको संगीत रहेको कर्ली कर्ली कपाल बोलको गीतमा मेलिना राई र एसडी योगीको आवाज रहेको छ । निकै रमाईलो शैलीको गीतमा निरुता र भुवनसँग अनमोल खुब झुमेका छन् । चलचित्र क्याप्टेन यहि फागुन १७ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ ।

 

 

प्रतिक्रिया दिनुहोस्