नेपालमा पहिलो पटक महिला क्रिकेट लिग हुँदै



०३ फाल्गुन २०७५, काठमाडौं

राजधानीमा पहिलो पटक महिला क्रिकेट लिग हुने भएको छ । बिहीवार राजधानीमा क्वीन्स इभेन्ट म्यानेजमेन्टले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । टोलीको नाम भने पाँच वटा शहरको नामबाट राखिनेछ ।

लिग आगामी २२ गतेदेखि ३० गतेसम्म हुने आयोजकले जनाएको छ । पोखरा प्रिमियर लिग (पिपीएल) आयोजना गरेको यस संस्थाले समग्र क्रिकेटको विकासका लागि महिला क्रिकेट लिग  गर्न लागेको जानकारी दिएको हो ।

प्रतियोगितामा विदेशी खेलाडीले सहभागिता जनाउन नपाउने आयोजकले जनाएको छ । प्रतियोगिता त्रिवि क्रिकेट मैदान, किर्तिपुरमा हुने छ ।  क्विन्स इभेन्ट म्यानेजमेन्टले गर्ने लिगमा पाँच टोलीको सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्