लोकप्रिय बन्दै मौलिक ट्रक आर्ट (भिडियो सहित)



विश्वभर ढुवानीकै लागि ट्रकको प्रयोग गर्ने गरिन्छ । अत्याधिक भार क्षमताको लागि ट्रक प्रयोग नहुने मुलुक संसारमा कमै होलान् ।

हाम्रो छिमेकी राष्ट्र पाकिस्तानमा भने यसलाई भिन्न तरिकाले प्रयोग गर्ने चलन रहेको छ । त्यहाँ ढुवानीको लागि मत्रै प्रयोग हुँदैन ट्रक ।

त्यसभन्दा बढी सुन्दर कला पनि ट्रकमा भेटिन्छ । परम्परागत जीवनशैली, कला झल्कने चित्र ट्रकमा जताततै रंग्याउने चलन रहेको देख्न सकिन्छ । ढुवानीसँगै त्यहाँका अधिकांश ट्रकमा यसरी नै पेन्टिङ गर्ने पेशा नै फस्टाएको बताईन्छ ।

अलजजीराले यसबारे एउटा छोटो भिडियो रिपोर्ट समेत तयार पारेको छ । यस्तो कलालाई ‘ट्रक आर्ट’ वा ‘जिंगल आर्ट’ पनि भनिन्छ । र यस्ता चित्रमा सामाजिक र राजनीतिक मुद्दा पनि झल्काउने चलन छ ।

यस्तो पेशामा संलग्न ‘ट्रक आर्टिस्ट’ हैदर अलीका अनुसार यस्ता चित्रमा पाकिस्तानी मौलिकपन झल्काउने चलन छ । सानैदेखि यो पेशामा लागेर रमाउँदै गरेका हैदर यस्ता चित्रलाई १० हजार भन्दा बढी रकम तिर्नुपर्ने बताउँछन् । ट्रकले सामान बोकेर ठाउँ ठाउँ चहार्ने हुँदा यस्ता चित्रलाई अन्तर्राष्ट्रिय प्रदर्शनीकै रुपमा पनि ब्याख्या गर्छन् ट्रक आर्टिस्टहरु ।

प्रतिक्रिया दिनुहोस्