प्रितमपछि नेपालका आयुषले मच्चाए ‘सारेगमपा लिटल च्याम्प’ मा धमाका, उत्कृष्ट १५ मा पर्न भए सफल



०३ फागुन २०७५, काठमाडौँ

यतिबेला प्रितम आचार्यको चर्चा जताततै भैरहेको छ । उनले भारतको चर्चित रियालिटी शो सारेगमपा लिटल च्याम्प मा आफ्नो दमदार प्रस्तुती दिएर भारत र नेपालभरि मात्र नभएर विश्वभर नै आफूलाई परिचित बनाउन सफल भैसकेका छन् ।

त्यस्तै उनीसँगै सारेगमपा का लागि गएका अर्का नेपाली बाल गायक आयुष केसीले पनि अहिले सारेगमपा मा तहल्का मच्चाइरहेका छन् । उनले पनि आफ्नो पहिलो प्रस्तुतीबाट नै दर्शकको मन जित्दै शीर्ष १५ मा पर्न सफल भएका छन् ।

उनले गीत गाएको पहिलो एपिसोड इन्डियन च्यानल जि टिभीमा भोल प्रशारण हुदैँछ । जे होस भारतको त्यति ठूलो रियालिटी शो मा गएर हाम्रा नेपाली भाईहरुले आफ्नो मात्र नभएर नेपालकै इज्जत राखेका छन् । प्रितम र आयुषलाई अन्य राउण्डका लागि हाम्रो तर्फबाट पनि शुभकामना ।

 

 

प्रतिक्रिया दिनुहोस्