यसकारण ऐश्वर्याको दाई बन्न मानेका थिएनन् सलमान



०३ फागुन २०७छ, काठमाडौँ

सलमान खान बलिउडका निकै चर्चत नायक हुन् । उनी आजसम्म अविवाहित छन् । तर उनको बलिउडका थुप्रै नायिकासँग अफेयरको चर्चा भने चलेको छ । जसमध्ये एक ऐश्वर्या राय पनि हुन् । कुनै समयमा बलिउडमा ऐश्वर्या र सलमानको प्रेमको खुब चर्चा चलेको थियो ।

यो जोडी चलचित्र हम दिल दे चुके सनम बाट एकअर्काको नजिक भएका थिए । तर पछि केही कारणबस यी दुईको प्रेम छुट्यो । अहिले त यी दुवैजना एकअर्काको अनुहार समेत हेर्न चाहँदैनन् ।

यस्तैमा सन् २००० मा निर्माण भएको चलचित्र जोश मा सलमान र ऐश्वर्यालाई एकसाथ काम गर्न अफर गरिएको थियो । उक्त चलचित्रमा ऐश्वर्याको दाईको भूमिकामा काम गर्न सलमानलाई अफर गरिएको थियो । तर उनले उक्त चलचित्र गर्न मानेका थिएनन् ।

 

प्रतिक्रिया दिनुहोस्