नेपालमा हुने आईएफबीबी प्रोफेशनल लिगको गेस्ट पोजरका रुपमा विश्व बडि बिल्डर ‘रोली विङ्कलार’



०३ फाल्गुन २०७५, काठमाडौं

विश्व बडि बिल्डरका हस्ती ‘रोली विङ्कलार’ बिहिबार नेपाल आईपुगेका छन् । शनिबार काठमाडौंको प्रज्ञा भवनमा हुने ‘आईएफबीबी’ प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप २०१९ का लागि विङ्कलार नेपाल आएका हुन् ।

विङ्कलार २०१८ को आर्नोल्ड क्लासिक विजेतासमेत हुन् । ‘द विष्ट’ को उपनामले संसारभरि चिनिएका उनको पाखुरामात्र २४ ईञ्च्भन्दा बढि छ । बडिबिल्डिङको सबैभन्दा ठूलो प्रतियोगिता मानिने‘मिस्टर ओलम्पिया’मा सहभागि हुन प्रो कार्ड अनिवार्य रहन्छ ।

नेपालमा शनिबार हुने प्रो क्वालिफायरमा ‘मेन्स फिजिक’, ‘मेन्स क्लासिक फिजिक’ ‘मेन्स बडिबिल्डिङ,’ र महिलातर्फको ‘ओमन फिजिक’ गरि चार क्याटेगोरी रहेका छन् । त्यस्तै विधाका ४ च्याम्पियन्सले मात्र प्रतियोगितामा भाग लिन पाउने छन् ।

तीन पटकका मिस्टर नेपाल र दुई पटकको धर्मश्री च्याम्पियन सानु गुरुङले ‘आईएफबीबी’को फेन्चाइज नेपाल भित्र्याएर प्रो क्वालिफायर आयोजना गर्न लागेका हुन् ।

पहिलो पटक नेपालमा आयोजना हुन लागेको आइएफबीबी प्रोफेसनल लिग प्रो क्वालिफायरमा भाग लिन १५ देशका बडिबिल्डरहरु नेपाल आएका छन् । उनी गेस्ट पोजरको लागि नेपाल आएका हुन् ।

सो कार्यक्रमका विषयमा सेमिनार दरबारमार्गस्थित रोयल्स सिङगी रेष्टुराँमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्