‘प्रेम दिवस’ को फस्टलुकमा यस्तो देखियो प्रियंका र आयुष्मानको प्रेम



०३ फागुन २०७५, काठमाडौँ

प्रियंका कार्की र आयुष्मान देशराज जोशी नेपाली चलचित्र जगत्का निकै चर्चित जोडी हुन् । यो जोडी चलचित्र क्षेत्रमा आफ्नो कामले भन्दापनि प्रेमले धेरै चर्चामा आउने गर्छन् । यतिबेला भने यी दुवै चलचित्र प्रेम दिवसमा व्यस्त छन् ।

चलचित्र प्रेम दिवस को एक गीत केहीसमय अघि सार्वजनिक गरिएको थियो । जुन गीत अहिले युट्युबमा निकै रुचाइएको छ । त्यस्तै भर्खरै मात्र चलचित्रको फस्टलुक पनि सार्वजनिक गरिएको छ । जहाँ आयुष्मान र प्रियंकालाई निकै रोमान्टिक मुडमा देख्न सकिन्छ ।

त्यस्तै उक्त पोष्टरमा प्रियंकालाई नव नायक विशालसँग पनि देख्न सकिन्छ । चलचित्र प्रेम दिवस प्रेम कथामा आधारित चलचित्र हो । उक्त चलचित्र आउँदो जेठ ३ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ । चलचित्रम प्रियंका र आयुष्मान प्रेमी प्रेमिकाको भूमिकामा देखिएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्