नेपाल आइडलकी अस्मिताले मच्चाइन् अष्ट्रेलियामा धमाका (भिडियो)



०३ फागुन २०७५, काठमाडौँ

नेपाल आइडल सिजन २ बाट दर्शकको मनमा बस्न सफल नाम अस्मिता अधिकारी पनि हो । अस्मिता अधिकारी नेपाल आइडल सिजन २ को फाइनलसम्म पुग्न सफल भएकी थिइन् । नेपाल आइडलपछि यतिबेला नेपाल आइडलका टप ६ प्रतिस्पर्धी देशविदेशको विभिन्न कार्यक्रममा व्यस्त छन् ।

यस्तैमा यतिबेला नेपाल आइडल टिम यतिबेला सिड्नी पुगेको छ । अष्ट्रेलियामा नेपाल आइडलका प्रतिस्पर्धीको निकै राम्रो क्रेज देखियो । त्यसमाथि अस्मिताको प्रस्तुतीमा दर्शकले निकै साथ दिए । अस्मिताले दर्शकलाई नचाउने खालका गीतहरु गाइन् । जसमा दर्शक निकै झुमे ।

अष्ट्रेलियाको सिड्नीमा उनीसँगै नेपाल आइडलका अन्य प्रतिस्पर्धीले पनि आफ्नो प्रस्तुतीले दर्शकलाई नचाउन सफल भए । नेपाल आइडलको कारण नेपाल आइडलका प्रतिस्पर्धीले विश्वभर आफ्नो राख्न सफल भैरहेका छन् । यो निकै गौरवको कुरा हो ।

 

प्रतिक्रिया दिनुहोस्