सरकारको एक वर्षे उपलब्धि



०३ फागुन २०७५, काठमाडौँ

आफ्नो सरकारले एक वर्षमा इतिहास कहिल्यै नभएको गतिमा काम गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेका छन् ।

बिहीबार दिउँसो देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारको एकवर्षे प्रगतिको फेहरिस्थ सुनाएका हुन् ।
प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित ग्यालरी बैठकबाट देशबासीका नाममा सम्बोधन गरे ।

आफ्नो सरकारको एक वर्ष भविश्यको आधार वर्ष मानेको बताउँदै उनले भने, ‘आज गरिने काम भविश्यका लागि आधार हो र, राजनीतिक स्थीरतालाई मैले समृद्धि तर्फको यात्राका लागि एउटा आधार मानेको छु ।’

प्रधानमन्त्री ओलीले आफ्नो सरकार बनेपछि बनेका कानुनहरुको फेहरिस्थ प्रस्तुत गरे ।

उनका अनुसार २५ कानून संघीय संसदबाट पारित भएको, ५ अध्यादेश जारी भएको, २३ विधेयक संघीय संसदमा प्रस्तुत भएको र २४ विधेयक संघीय संसदसमक्ष प्रस्तुत गर्न अन्तिम तयारी भइरहेको छ ।

४७ नियमावली र ७ गठन आदेश जारी भएका छन् भने ३३ निर्दे्शिका, कार्य्विधि र मापदण्ड जारी भएको उनले सुनाए ।
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल दैनिक २२ घण्टा सञ्चालन हुन थालेको, ६ वटा विमानस्थलवाट रात्री सेवा सुरु भएको, गौतम बुद्ध र पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणमा प्रगति भएको प्रधानमन्त्रीले बताए ।

ऊर्जा बैंकिङ लगायतका दूरगामी प्रभाव पार्ने खालका सम्झौता भएको, करिब ३ लाख विद्युत उपभोग गर्ने ग्राहक थपिएको र प्रतिव्यक्ति विद्युत खपत १७७ बाट बढेर २०० किलोवाट घन्टा पुगेको उनले सुनाए ।

४१७ वटा झोलुङ्गे पुल बनाइएको र हरेक ३ दिनमा एउटाका दरले तुईन विस्थापन भएको र आफूले सुरु गरेको अभियान अन्तिम चरणमा पुगेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्