प्रदिप र जसिताको बहुप्रतिक्षित चलचित्र ‘लब स्टेशन’ को पहिलो गीत सार्वजनिक (भिडियो)



०२ फागुन २०७५, काठमाडौँ

प्रदिप खड्का नेपालका निकै चर्चित अभिनेता हुन् । उनी यतिबेला चलचित्र लब स्टेशन मा व्यस्त छन् । प्रदिप खड्का र जसिता गुरुङको जोडी चलचित्र लिलिलिबी बाट जोडिएको हो ।

पहिलो चलचित्रमा नै यो जोडीलाई दर्शकले निकै मन पराए । पहिलो चलचित्र सफल भएपछि प्रदिप र जसिताले दोस्रो पटक पनि सहकार्य गरेका छन् ।

प्रदिप र जसिताको दोस्रो पटक जोडी बाधिएको चलचित्र लब स्टेशन को पहिलो गीत भर्खरै मात्र सार्वजनिक भएको छ । दिपक शर्माको शब्द र संगीत रहेको घाम जुन चाहिँदैन बोलको गीतमा सुगम पोखरेल र रेश्मा पुनको आवाज रहेको छ ।

निकै रोमान्टिक गीतमा प्रदिप र जसिता फिचर्ड छन् भने गीतमा कोरियोग्राफी शिशिर खातीको रहेको छ । चलचित्र लब स्टेशन यहि चैत्र २२ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्