बधाई छ ! यसरी भयो बर्षा र सन्जोगको विवाह



०२ फागुन २०७५, काठमाडौँ

नायिका बर्षा राउतले आज आफ्ना प्रेमी सन्जोग कोइरालासँग लगनगाठो कसेकी छिन् । सन्जोग र बर्षा विगत ७ बर्षदेखि एकअर्काको प्रेममा थिए । ७ बर्षदेखिको प्रेमलाई बर्षा  र सन्जोगले विवाहको नाम  दिएका हुन् ।

बर्षा र सन्जोगको विवाह हिन्दुधर्मअनुसार सामान्य रुपमा सम्पन्न भएको छ । बर्षा र सन्जोगले २ दिन अघिमात्र इन्गेजमेन्ट गरेर आफ्नो जोडीलाई सन्सा नाम दिएका थिए । बर्षा र सन्जोगले मन्दिरमा गएर आफ्ना आफन्त र केहि इष्टमित्र बोलाएर मात्र विवाह गरेका छन् ।

यी दुईको विवाहको फोटो पनि सार्वजनिक भैसकेको छ । जहाँ बर्षा बेहुलीको भेषमा निकै राम्री देखिएकी छिन् भने यता सन्जोग पनि दौरा सुरुवाल र ढाका टोपीमा निकै खुलेका छन् । हाम्रो तर्फबाट पनि बर्षा र सन्जोगलाई वैवाहिक जीवनको शुभकामना ।

 

 

प्रतिक्रिया दिनुहोस्