उपराष्ट्रपति पुन शिव लिङ्गेश्वर धाममा



०२ फाल्गुन २०७५, काठमाडौं

उपराष्टपति नन्दबहादुर पुन (पासाङ)ले बेदकोट नगरपालिकामा अवस्थित शिव लिङ्गेश्वरको भ्रमण गरेका छन् ।

उनले आज बिहान सोही नगररपालिकाको वडा.४ मा पर्ने ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल शिव लिङ्गेश्वरको भ्रमण तथा अवलोकन गरेका हुन् ।

बुधबार शक्लफट राष्ट्रिय निकुञ्ज र महकाली झालुङगे पुल भ्रमण गरेका उनले आज विहान भने शिव लिङ्गेश्वर धामको भ्रमण तथा अवलोकन गरेका हुन् ।

उनी ‘बेदकोट धार्मिक पर्यटकिय मेला २०७५’ को उद्घाटनसहित धामको अवलोकन गर्ने बताईएको छ । पर्यटकीय क्षेत्र बेदकोट तालमा सुरु हुने सो मेलामा अहिले भक्तजन तथा अन्य भ्रमण गर्ने मानिसहरुको भिड लागेको छ ।

मेलामा पुगेका उपराष्ट्रपति पुनलाई नगरपालिकाका मेयर अशोक कुमार चन्दले भव्य स्वागत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्