यसकारण सैफअली खानकी छोरी साराले छोडिन् आफ्नी आमाको घर



०२ फागुन २०७५, काठमाडौँ

साराअली खान बलिउडकी अहिलेकी निकै चर्चित नायिका हुन् । चलचित्र केदारनाथ बाट नेपाली चलचित्र जगतमा आएकी साराले आफ्नो दुईटै चलचित्रबाट नसोचेको सफलता हात पारिन् । अहिले बलिउडमा उनको डिमाण्ड बढ्दो छ ।

सारा आफ्नी आमा अमृता सिंहसँग बस्दै आएकी थिइन् । तर उनले आफ्नी आमा अमृता सिंहको घर छोडेकी छिन् । उनले आफ्नी आमालाई धेरै माया गर्छिन् र उनको आमासँग सम्बन्ध पनि बिग्रिएको छैन । बस सारा अब ठूली र जिम्मेवार पनि भैसकिन् । उनी आजभोली चलचित्रमा निकै व्यस्त हुन्छिन् ।

त्यसैले उनले आफ्नो लागि छुट्टै अर्पाटमेन्ट लिएकी छिन् । उनले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै अब नयाँ सुरुवात भनेर लेखेकी छिन् र उनी निकै खुसी पनि देखिएकी छिन् ।

 

 

प्रतिक्रिया दिनुहोस्