सावित्री…‘बुढा’का कबिता



०२ फाल्गुन २०७५, काठमाडौं

सवित्री !
प्रणय–दिवसको पुर्वसन्ध्यामा यसरी यादहरु ।
नपठाउनु पर्ने हो,

सवित्री,
अझै म बेवारिसे नै छु
आफ्नै संसारमा !

यसरी,
बसन्तको पुर्वसन्ध्यामा प्रणयका चाड र सम्झाना चाङ नपठाइनु पर्ने हो ।

किनकी
सवित्री !
अझै खुल्नै बाकी छन्
तिमी र मैले
देखेको सपनाको संसार

बरु,
सवित्री !
यी यादहरुका सट्टामा पठाईएको भए हुन्थ्यो फेसबोके माया
आरुका फुल
एक अञ्जुली उ बेलाको बालापन

अनि,
केही थान प्रेमपत्रका अवशेषहरु ।

सवित्री !
उहीँ बेलाका रीलवाला क्यामराले
खिचेर धुलाईएका
कच्चा प्रेमका नमुनाहरु ।

तर,
सवित्री !
यसरी नपठाईनु पर्ने हो सम्झानाका लामा आलापहरु किनकी

सवित्री,
तिमिलाई नि थाहा छ पठाइएको सम्झानामा
आंशुको टाताहरु टासिंएर आएका हुन्छन् ।

अनि,
वस्तुहरुमा मन्द मुस्कान त्यसैले

सवित्री !
तिमिलाई सझानाका
यादहरु भन्दा
शुभकामना पठाइएको छु आशा छ ।

मनको प्रेमिल ओठहरुले चुमेर आँखाका सन्दुकहरुमा रख्नेछौ ।
ह्यापी भ्यानेटाईन डे !

(बुढा)

भोजपूर
हाल : काठमाडौं

प्रतिक्रिया दिनुहोस्