चर्चित नायिका आना शर्मा यसरी मनाउँदै छिन् आफ्नो भ्यालेनटाइन



०२ फागुन २०७५, काठमाडौँ

आना शर्मा चलचित्र जेरी बाट नेपाली चलचित्रमा आएकी हुन् । पहिलो चलचित्रबाट नै उनले निकै सफलता पाइन् । उनको पहिलो चलचित्र सफल भएपछि उनलाई सम्भावना बोकेकी नायिकाको रुपमा हेर्न थालिएको थियो । तर उनको दोस्रो चलचित्र ग्याङ्गस्टार ब्लुज नराम्रोसँग बक्सअफिसमा असफल भयो ।

यतिबेला उनी चलचित्रमा भन्दापनि आफ्नो प्रेम जीवनमा व्यस्त छिन् । उनी यतिबेला एति एयरलाइन्सका मालिकका छोरा सोनम शेर्पाको प्रेममा छिन् । आनाले पनि आफ्नो प्रेमलाइ खुलेर नै प्रदर्शन गरिरहेकी छिन् ।

आनाले भ्यालेनटाइन को अवसरमा आफ्नो र आफ्नो प्रेमीको फोटो सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । जहाँ उनलाई र उनका प्रेमीलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । आनाले आफूले आफ्नो ब्वाइफ्रेण्डलाई लिप किस गरेको फोटो सेयर गरेकी छिन् । जुन अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्