छोराछोरीको कसम खादैँ धमला दम्पतीले भने जीवनभर डिभोर्स गर्दैनौँ (भिडियो)



०२ फागुन २०७५, काठमाडौँ

ऋषि धमाला नेपालका चर्चित सञ्चारकर्मी हुन् । उनलाई धेरै राम्रा पत्रकारको रुपमा हेरिएको छ । उनीपनि आजभोली आफ्ना कामका कारण भन्दापनि आफ्नो वैवाहिक जीवनका कारण चर्चामा छन् । उनी पत्रकार मात्र नभएर नेपाली चलचित्र क्षेत्रका निर्माता पनि बनिसकेका छन् ।

उनीहरुको जोडी पनि बेला बेलामा मिडियामा छाइरहने जोडी हो । प्रेम दिवसको उपलक्ष्यमा यो जोडीले एक अन्तवार्तामा आफ्ना वैवाहिक जीवनबारे केही बताए । एलिजा र ऋषिले आफ्नो जोडी दुनियाँको सबैभन्दा राम्रो जोडी भएको बताए ।

एलिजाले अन्तवार्तामा ऋषि मानिसहरुले भनेजस्तो नभएर निकै रमाईलो र सोझो मान्छे भएको बताइन् । एलिजाले पहिलो भेटमा नै ऋषिको फ्यान भएको बताइन् । उनले ऋषिले निकै मेहेनत गरेर आज यो स्थानसम्म आएकाले आफूलाई पनि हरेक कुरामा साथ दिने गरेको बताइन् ।

ऋषि धमालाले पनि एलिजाको निकै तारिफ गरे । उनले एलिजा निकै बुझ्ने श्रीमती भएको बताए । उनले आफ्नो र एलिजाको जोडी कहिल्यै पनि नछुट्ने बताए । त्यतिमात्र नभएर उनले भगवानसँग सबैको जोडी आफ्नै जस्तो होस् भनेर प्राथना गर्ने पनि बताए ।

एलिजा र ऋषिको उमेरको अन्तरलाई लिएर मानिसले धेरै प्रश्न गर्ने गर्छन् । अझ धेरैले एलिजालाई हिट हुने आशामा आफूभन्दा धेरै बर्ष जेठा ऋषिसँग विवाह गरेको आरोप पनि लगाउँछन् । तर ऋषि र एलिजाले आफूहरु एकअर्कासँग निकै खुसी भएको बताए । त्यतिमात्र नभएर ऋषि र एलिजाले छोराछोरीको कसम खादैँ आफ्नो डिभोर्स जिन्दगीभर नहुने बताए ।

 

प्रतिक्रिया दिनुहोस्