साहित्यिक आकाशमा सदाबहार प्रकाश वहन गरेका चम्किलो तारा ‘वियस’ !(भिडियो सहित)



०४ फाल्गुन २०७५, काठमाडौं

‘साहित्य त्यो चिज हो, जसले यथार्थलाई अझ सत्य बनाउँछ, अनि साहित्यकार ति मान्छे बन्छन्, साहित्यको मसला भरेर आम–पाठकहरुलाई टक्र्याउन सक्छ ।’

पछिल्लो समय नेपाली साहित्यले विभिन्न साहित्यिक क्षमता भएका साहित्यकारहरुलाई जन्माईरहेको छ । र, ति साहित्यकारहरुमा विभिन्न साहित्यिक कलाहरु भेट्टाईन्छ ।

साहित्य सिर्जनामा रवाफ भएका साहित्यकार हुन् ‘वियस राई’ !

उनले गत मङ्सिरमा नै ‘हिउँमाझी’ कथासंग्रह लिएर आम–पाठकहरुसामु आईसकेका छन् । ‘हिउँमाझी’ ‘वियस’ को पहिलो कथासंग्रह भएपनि नेपाली साहित्य फाँटमा ‘वियस’ त्यक्ति पुरानो नाम भने, पक्कै होईन ।

यहाँ हामीले ‘वियस राई’ को बारेमा आम–पाठकहरुले खोजिरहेका कुराहरुलाई विषयवस्तु बनाएर ‘वियस’का केही कुराहरुलाई उठान गरेका छौं ।

वाल्यकाल !

हिमाली जिल्ला सोलुखुम्बुमा जन्मेका हुन् ‘वियस राई’ ।

सोलुखुम्बुको रमणीय डाँडाहरुमा सिरसिरे हावासँगै वयेली खेल्दै वाल्यकाललाई विदाई गरेका ‘वियस’ को वाल्यकाल साधारण वातावरणमा नै वितेको थियो ।

जन्मिनु मात्रै गाह्रो भनेझैं, एक–दिन दुई–दिन भन्दै उनले वाल्यकाल गुजारे ।

वाल्यकाल र शिक्षा !

गृह–जिल्ला सोलुखुम्बुबाटै प्रवेशिकासम्मको औपचारिक शिक्षामा उमेर व्यातीत गरेका ‘वियस’ वाल्यकालमा धेरै जिज्ञासु थिए ।

वि.स. २०५५ सालमा प्रवेशिका परीक्षा उतीर्ण भएका ‘वियस’ ले त्यसपछिको उच्च शिक्षा भने, राजधानीबाट गरेका हुन् ।

“त्यसपछिको शिक्षामा खासै लगाव लगाईएन, तर पनि मनमा जगजाहेर थियो । शिक्षाबिनाको जीवन अँध्योरा हुन्छ भनेर ।” उनी अनभुवद्वारा बोल्छन् ।

जीवनबीच ‘यायावर’ !

मानिस जन्मेपछि आज, भोली अनि पर्सि गर्दै समयले कत्तिखेर लछार्छ थाहापत्तो हुँदैन ।

अनि मानिस सबैमा त्यो क्षमता हुँदैन । कुनलाई सत्य अनि कुनलाई असत्य ? कुन कुरा ठिक, अनि कुन कुरा बेठिक ? जीवनले कत्तिखेर कुन बाटोको मोड लिन्छ ? थाहा हुँदैन । यो सबैको जीवनमा आईपर्ने कुराहरु हुन् ।

यस्तै साहित्यकार ‘वियस’को जीवनमा पनि नआएको भने होईन । जीवनलाई सार्थक तुल्याउँनका लागि पैसा चाहिन्छ, अनि पैसा कमाउन जीवन सार्थक हुनुपर्छ ।

एक ब्यक्तिको जीवन धेरै फेजहरु हुँदै अगाडी बढिरहेको हुन्छ । त्यसभित्रको एक फेज हो, घुमन्ते उमेर ।

‘म धेरै नै उछृखंल थिए । जीवनमा कुनै समय त्यस्तो पनि समय आयो, जत्तिखेर मसँग खाली खान, गाँउ डुल्ने अनि त्यत्तिकै बिनाकाम बस्ने बाहेक अरु काम नै थिएन । उनी सुनाउँछन् ।

कुनै ‘डेस्टिनेशन’ नै नुहने । उनी भन्छन्, ‘म आफै पनि त्यस्तो जीवनको एक ‘कञ्जुमर’ थिएँ ।’

प्रगतिका पाईलाहरु !

जीवनमा धेरै घुम्तीहरु हुन्छन् । ति घुम्तीहरुमा मोडिन जान्यो भने त्यहि सही, नत्र जीवनको ठुलो दुर्घटना । उनी भन्छन्, ‘मैले पनि जीवनको घुम्तीहरुमा राम्रैसँग मोडिएँजस्तो लाग्दैन ।’

“जीवनमा प्रगतिको नाममा कुनै एक कालखण्डमा शिक्षक बनेर शिक्षण गराएँ । त्यसपछि केही गर्नेपर्छ, भनेर प्रहरीमा जागिर गर्न थाले ।” उनी सम्झन्छन् ।

आजसम्म यो पेशाले जीवनको आँगनमा एक मधुरो टुकी बालिरहेको छ ।

संघर्ष !

‘जीवन’ साँच्चै रहस्यमय छ, यसको न सुरुवात जानिन्छ, न अन्त्य नै थाहा पाईन्छ । न बुझिन्छ, न एकै थोपो बुझिन्दैन ।

जीवनमा मात्रै एक चोटी पाईने एक सुन्दर उपहार हो । जुन् जसरी पनि चल्छ, राम्रो गरे राम्रैसँग, अनि नगरे उहिँ पारामा ।

‘वियस’ भन्छन्, “सघंर्ष त हरेक कुरमा गर्नु परिहाल्यो नी, जीवन भोगाई हो । अनि भोगाईहरुको संकलनको अर्को नाम ‘संघर्ष’ !”
“म एउटा प्रहरी हुँ, तर मैले मेरो साहित्यलाई जोगाईराख्नको लागि संघर्षरत नै छु । किनकी म यि मेरा दुई पेशाहरुलाई सँगसँगै अगाडी बढाउन चाहन्छु । उत्तिकै नै प्राथमिकतामा राख्छु ।” एक अनुभवी विचार सुनाउँछन्

साहित्यप्रतिको झुकाव !

सानैदेखि साहित्यमा विशेष रुची राख्ने ‘वियस’ एक लेखक मात्रै नभएर एक कुशल पाठक पनि हुन् ।

उनी भन्छन्, ‘ब्यक्ति अध्ययनशील हुनुपर्छ । जीवन कालखण्डको यो स्टेजसम्म आईपुग्दा मैले पनि धेरै ब्यक्तित्वहरुले लेख्नुभएका पुस्तकहरुलाई नियाल्ने मौका पाएको छु ।

जीवनमा साहित्य प्रभाव !

“साहित्य मेरो लागि एक प्यासनको कुरा हो । साहित्यले मलाई विभिन्न कुराहरु सोच्न बाध्य बनाउँछ । अनि यसले धेरै कुराहरुको व्याख्या विश्लेषण गर्ने अवसर दिन्छ । त्यसभित्र कत्ति कुराहरु साँच्चै जीवनमा काम लाग्दा हुन्छन् ।” उनी भन्छन् ।

साहित्यलाई जीवनका एक अभिन्न अंग ठान्ने ‘वियस’ भन्छन्, ‘साहित्यलाई धेरै माया गर्छु । अनि जीवनभरि प्राथमिकतामा राख्छु ।’

चूनौती !

लेख्ने क्रममा धेरै टाईम हुँदैनन् । टाईम मिलाएर लेख्नुपर्छ । साहित्यमा छिरिसकेपछि आम–पाठकहरुको अर्को कृतिप्रतिको आशा झनै पलाईरहेको हुन्छ ।

“साहित्यमा हात लगाउन सजिलो भएपनि त्यसलाई पुरा गरि पाठकहरुमाझ ल्याउन साँच्चै गाह्रो छ । यसको लागि साँच्चै नै विशेष टाईम भयो भने, सजिलो हुन्छ । सर्जकहरुलाई ।” उनी भन्छन् ।

यि समयको बाबजुद पनि म यो साहित्यलाई डोर्याईरहँन चाहन्छु । किनकी साहित्य मेरो जीवनको एक अभिन्न अंगजस्तै हो ।

भिडियो हेुर्नहोस् !

साहित्य लेखनभित्रको ‘यात्रा’ !

साहित्य लेख्छु भनेर मात्रै हुँदैन ।

वास्तवमा लेख्न त्यक्ति सजिलो विषय पनि होईन । उनी भन्छन् “मलाई यस्तो भ्रम हुन्छ कहिलेहाहिँ जीवनमा धेरै कृति अनि धेरै लेखहरु लेखेको छु । किनकी मैले ‘हिउँमाझी’ भन्दा पहिले पनि धेरै लेखहरु लेखेको छु । तर, छाप्न योग्य भने खासै बनाउनै सकिन, लेख्थे फाल्थे । धेरै लेखहरुको भ्रुणको हत्या गरेको छु ।” उनी बताउँछन् ।

‘उपन्यास लेख्छु भनेर, कत्ति पटक आदि लेख्दा लेख्दै छोडेको छु । कत्ति सुरु गरेर छोडेको छु ।’ उनको भनाई ।

साहित्यप्रतिको रुची अनि पेशाप्रतिको लगाव !

पेशाले प्रहरी, अनि अनि नेपाली साहित्यका तारा, शायदै पनि गाह्रो हुन्छ, कुनै दुईओटा कामहरुलाई सँगसँगै अघि बढाउन ।

तर, ‘वियस’ले दुई ओटै कुराहरुलाई मिलाएर प्यरलल्ली नै लगिरहेको छन् ।

तपाईको साहित्य पार्ट टाईम हो ? भनेर सोध्दा उनी चित्त दुखाउँछन्, अनि भन्छन्, “मैले साहित्यलाई पार्ट टाईमको कमाई भन्न रुचाउँदिन । किनकी मैले साहित्यलाई संधै नै मायाँ गरिरहेको हुनेछु । सम्झिरहेको हुन्छु । म यत्ति भन्छु । मेरो जीवनमा यि दुई कुराहरु सँगसँगै नै अगाडी बढ्छन् ।

साहित्यमा अबको पाईला !

साहित्यलाई औधी मायाँ गर्ने ‘वियस’ भन्छन् “साहित्य जगतबाट टाढा जान्न, यहिँ पेरिफेरीमा घुम्न चाहन्छु म । यो त, मेरो सुरुवात मात्रै हो । पाठकहरुले मागेको हुरा चाहिँ अब विमोचित कृतिहरुमा झनै आउँनेछन् । किनकी यो कथासंग्रहले मलाई एकखालको ऊर्जा थपेको छ । यसले मलाई नेपाली कथासंग्रहको भिडमा स्थापित गराएको छ ।”

‘वियस’लाई पाठकहरुले पोजिटिभ रेस्पोन्स दिएका छन् । पाठकहरुले एक कुशल श्रष्ठालाई अन्य कृतिको डिमाण्ड त नगर्ने कुरै भएन ।

”पाठकहरुले अर्को कृति पनि माग गरिरहेका छन् । शायद अब छिट्टै नै अर्को संग्रह पनि गर्छु ।” उनी आँट गर्छन् ।

“पाठकहरुलाई साहित्यमा नयाँ नयाँ चट्नीहरु चखाउने विचार धेरै छ ।” उनी भन्छन् ।

‘हिउँमाझी’ का कुरा !

१३ ओटा समयसापेक्ष कथाहरु अटाएको एक कृति हो, ‘हिउँमाझी’ । यसमा विशेषत हिउँ अनि हिमालका कुराहरु छन् ।

‘११४ पेजको यो पुस्तकभित्र धेरै पाठकहरुले जीवन भेट्टाउन सक्छन् ।’ लेखकका आत्मविश्वासिलो बोली ! उनले यो कुरा पनि भन्न भुलेनन् ।
‘कथासंग्रह’भित्रको एक कथा ‘जोखना’ आगामी फाल्गुन १३ बाट नेपालमा हुने अन्तराष्ट्रिय नाटक महोत्सवमा प्रदर्शन हुँदैछ, भनेर

अन्त्यमा !

‘वियस’ एक नेपाली समाजको साहित्यिक योद्धा हुन् ।

जसले कथाको माध्यमबाट समाजमा रहेका विभिन्न घटनाहरुलाई साहित्यमा सजिलै उतार्न सक्छन् ।

जय साहित्य….

जय नेपाल….

प्रतिक्रिया दिनुहोस्