विवाहपछि रणवीरसँगको पहिलो भ्यालेनटाइन यसरी मनाउँदै छिन् दिपिका



०१ फागुन २०७५, काठमाडौँ

रणवीर सिंह र दिपिका पादुकोण बलिउडका सबैभन्दा हिट कपल हुन् । यी दुईको जोडी दर्शकमाझ पनि निकै लोकप्रिय छ । करिब ६ बर्षको लामो प्रेमपछि यी दुईले गत नोभेम्बरमा इटालीमा लगनगाठो कसेका छन् ।

विवाहपछि रणवीर र दिपिका पहिलो पटक भ्यालेनटाइन मनाउँदै छन् । त्यसैकारण पनि यी दुई आफ्नो भ्यालेनटाइन डे को लागि उत्साहित छन् । यस्तैमा दर्शकलाई पनि यसपटक भ्यालेनटाइन डे मा रणवीर र दिपिकाको प्लान के छ भनेर जान्न मन भैरहँदा दिपिकाले बताएकी छिन् ।

दिपिकाले आफ्नो विवाहपछिको पहिलो भ्यालेनटाइन डे को दिन दिनभर रणवीरसँग हुने बताइन् । सोही दिन रणवीरको नयाँ चलचित्र गल्ली ब्वाइज प्रदर्शनमा आउँदै छ । दिपिकाले उक्त दिन रणवीरसँग चलचित्र गल्ली ब्वाइज हेर्न जाने बताएकी छिन् । उनी रणवीरको उक्त चलचित्र हेर्न निकै उत्साहित भएकाले भ्यालेनटाइन डे को दिन चलचित्र हेर्ने उनले बताइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्