पेरिसडाँडामा प्रचण्डको स्वागतको लागी पूर्व माओवादी कार्यकर्ता



१ फागुन २०७५, काठमाडौँ

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ जनयुद्ध दिवशको अवसरमा सहिदहरुप्रति श्रद्धाञ्जली दिन पेरिसडाँडा पुगेका छन् ।

सशस्त्र युद्धमा सहादत प्राप्त गर्ने सहिदहरुप्रति श्रद्धाञ्जली दिन पूर्व नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय रहेको पेरिसडाँडा पुगेका प्रचण्डलाई स्वागत गर्न पूर्व माओवादी नेता तथा कार्यकर्ता मात्रै पुगेका छन् ।

तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकता भई नेकपा बनिसकेको अवस्थामा पनि पेरिसडाँडामा एमाले नेता तथा कार्यकर्ताहरु अनुपस्थित भएका हुन् ।

सो क्रममा अध्यक्ष प्रचण्डलाई तत्कालीन माओवादी समर्थित नेताहरु लेखराज भट्ट, मणि थापा, विद्यार्थी नेताहरु र वाइसियलका नेताकार्यकर्ताहरुले स्वागत गरेका थिए ।

हिद स्मृति स्तम्भमा प्रचण्डले पुष्पगुच्छा माल्यार्पण गर्दै उपस्थित नेताकार्यकर्ताहरुलाई अबिर लगाइँदिँदै २४औं जनयुद्ध दिवशको शुभकामना दिएका थिए ।

जनयुद्ध दिवशको अवसरमा आज नेकपाले केन्द्रीय पार्टी कार्यालय, धुम्बाराहीमा विशेष कार्यक्रमको आयोजना गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्