जब प्रियंकाले गरिन् सबैको अगाडी निकलाई किस



०१ फागुन २०७५, काठमाडौँ

बलिउड अभिनेत्री प्रियंका चोपडाले केही समय अघि आफ्ना अमेरिकन प्रेमी निक जोनससँग विवाह गरेकी थिइन् । विवाहपछि अहिले उनी अमेरिकामा निकसँगै छिन् । उनले केहिदिन अघि एक कार्यक्रममा निकको निकै प्रशंसा समेत गरेकी थिइन् ।

उनी यतिबेला आफ्नो नयाँ हलिउड चलचित्रको प्रमोशनमा व्यस्त छिन् । यस्तै चलचित्रको प्रमोशनको क्रममा प्रियंका आफ्ना पति निकसँग एक कार्यक्रममा पुगेकी थिइन् । उक्त कार्यक्रममा उनले आफ्ना पति निकलाई सबैको अगाडी लिप किस गरेकी छिन् ।

प्रियंकाको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ । प्रियंका र निक विवाहपछि पनि आफ्नो व्यक्तिगत जीवनमा निकै खुसी छन् । प्रियंका अब चाडैँ नै आफ्नो नयाँ बलिउड चलचित्रमा व्यस्त हुने भएकी छिन् ।

 

 

प्रतिक्रिया दिनुहोस्