यसकारण यसपालीको भ्यालेनटाइन एकसाथ मनाउँदै सलमान र कट्रिना



०१ फागुन २०७५, काठमााडौँ

सलमान र कट्रिना कैफ कुनै समयका बलिउडका हिट कपल हुन् । यी दुई धेरै समयसम्म एकअर्काको प्रेममा रहेका थिए । तर पछि केही कारणबस यी दुईले अलग बाटो रोजे । तर अहिले सलमान र कट्रिनाबिच निकै राम्रो दोस्तीको  सम्बन्ध रहेको छ ।

यतिबेला यो जोडी चलचित्र भारत को छायांकनमा व्यस्त छ । यसपालीको भ्यालेनटाइन पनि यो जोडीले साथमा मनाउने भएको छ । सलमान र कट्रिना भ्यालेनटाइन डे को दिन चलचित्र भारत को छायांकनमै व्यस्त हुने भएकाले त्यो दिनभर यी दुई एकअर्काको साथमा रहनेछन् ।

चलचित्र भारत को लगभग सबै छायांकन सकिएको छ । केहिसमय अघि चलचित्रको टिजर पनि सार्वजनिक गरिएको थियो । चलचित्र भारत इदको अवसरमा २०१९ मा प्रदर्शनमा आउने भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्