विराजलाई नाच्न आउँदैन भन्नेहरुको लागि विराजले दिए ठूलो झट्का, गरे यस्तो बबाल डान्स (भिडियो)



२९ माघ २०७५, काठमाडौँ

विराज भट्ट नेपाली चलचित्र क्षेत्रका निकै सफल र चर्चित अभिनेता हुन् । अहिले उनी लामो समयपछि फेरि नेपाली चलचित्रमा फर्कने तरखरमा रहेका छन् । विराज केहिसमय अघि नेपालगञ्जको एक कार्यक्रममा पुगेका थिए ।

विराज भट्टलाई पनि धेरै नाच्न नजान्ने अभिनेताको सुचीमा राख्ने गरेका छन् । नेपालगञ्जमा आयोजना भएको कार्यक्रममा विराजले आफ्नो धमाकेदार डान्स देखाएर दर्शकको त्यो भ्रमलाई पनि  झुटो साबित गराइदिएका छन् । विराजले नेपालगञ्जमा निकै बबाल डान्स गरे ।

विराजको डान्स देखेर दर्शकहरु निकै खुसी भएका थिए । विराजलाई एक महिलाले पनि नाच्न सघाएकी थिइन् । उनी अब चाडैँ नै आफ्नो चलचित्र साङ्लो लिएर दर्शकमाझ आउँदैछन् ।

 

 

प्रतिक्रिया दिनुहोस्