मलेशियाबाट नसोचेको रकम लिएर रातारात नेपाल फर्किए धुर्मुस सुन्तली



२९ माघ २०७५, काठमाडौँ

धुर्मुस र सुन्तली केहिदिन अघि क्रिकेट रंगशाला निर्माणका लागि सहयोग उठाउनका लागि मलेशिया उडेका थिए । उनीहरुले मलेशियामा भव्यताका साथ कार्यक्रम पनि सम्पन्न गरे । धुर्मुस सुन्तलीले मलेशियाका ३ सहरमा कार्यक्रम गरेका थिए । मलेशियामा कार्यक्रम सम्पन्न गरेर धुर्मुस सुन्तली हिजोराति नेपाल फर्किएका छन् ।

धेरैले धुर्मुस सुन्तलीलाई मलेशिया जानुअघि मलेशियाबाट धेरै रकम नउठ्ने बताएका थिए । तर धुर्मुस र सुन्तलीले अगाडी गरेका राम्रा कामले सबै नेपालीको मनलाई प्रसन्न गरिसकेको छ । धुर्मुस सुन्तलीले मलेशियाका दर्शकबाट सोचेभन्दा राम्रो साथ पाएको बताए । अझ रंगशाला बनाउने कुरामा मलेशियाका दर्शक निकै पोजेटिभ भएको भन्दै धुर्मुस सुन्तलीले खुसी व्यक्त गरेका छन् ।

धुर्मुस र सुन्तलीले मलेशियाबाट सोचेभन्दा धेरै सहयोग उठेको बताएका छन् । त्यतिमात्र नभएर धुर्मुस सुन्तलीले सबै मलेशियामा रहने नेपाली क्रिकेट रंगशालाका लागि निकै उत्साहित भएको पनि बताएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्