बिहे नै नगरी आलियाले सोचिसकिन् छोरीको नाम, यस्तो छ नाम



२९ माघ २०७५, काठमाडौँ

आलिया भट्ट बलिउडकी निकै चर्चित नायिका हुन् । उनी यतिबेला चलचित्र गल्ली ब्वाइज को प्रमोशनमा व्यस्त छिन् । उक्त चलचित्रको प्रमोशनमा उनले एउटा रमाइलो कुरा बताएकी छिन् ।

आलियाले विवाहको कुरा गर्दा आफू विवाह गर्ने सोचमा नरहेको बताउँछिन् । स्मरण रहोस आलिया यतिबेला बलिउड नायक रणवीर कपुरको प्रेममा छिन् । आलियाले आफ्नो अहिले नै विवाह गर्ने सोच नभएपनि आफ्नी छोरी जन्मिएपछि उनको नाम के राख्ने भनेर भने सोचिसकेको बताएकी छिन् ।

आलियाले आफ्नो  छोरीको नाम आलमा राख्ने बताएकी छिन् । उनी केहीदिन अगाडी एउटा डान्स रियालिटी शो मा गएकी थिइन् । उक्त डान्स रियालिटी शो मा एक  बच्चाले उनलाई आलिया भन्न नजानेर आलमा भनिदिएका थिए । आलियाले आफ्नो छोरी जन्मिएमा छोरीको नाम आलमा नै राख्ने बताएकी छिन् ।

 

 

प्रतिक्रिया दिनुहोस्