जब जन्ती नाच्दा पुल भाचियो, बेहुला सहित १५ जना नालीमा खसे…



तुलनात्मक रुममा अन्य ठाउँमा भन्दा विवाहमा जन्ती धेरै नाच्ने गर्दछन् । त्यसैगरि बाजागाजासहित बेहुली लिन गएका जन्ती आफूले सक्ने जती जिउ मर्काउँछन् र खुट्टा बजार्छन् ।

शनिबार राती जन्तीको यस्तै किसिमका नाचले भारतको नोयडास्थित एउटा पुल भाँच्चिदा बेहुलालगायत लगभग १५ जना मानिसहरु नालीमा खसेका छन् । जसमा दुई बालक घाइते समेत हुन पुगेका छन् ।

उक्त घटना साढे ९ बजेको हो । बेहुला सहित १५ जना सानो पुलमाथि नाचिरहेका थिए र यो एक्कासी भाँच्चियो । नालीमाथि बनाइएको उक्त पूलले ओलिभ गार्डेन वेडिङ ब्यान्क्वेटको हलबाट त्यसको बगैंचालाई जोड्छ ।

प्रत्यक्षदर्शीका अनुसार जन्तीहरु उक्त पूलमाथि करिब १० मिनेटसम्म नाचेका थिए । आठ वर्ष मुनीका दुई बालक घाइते भएपछि नजिकैको अस्पताल पुर्याइएको थियो ।

घटनापछि ब्याङ्क्वेट हलका मालिकले बेहुलाको परिवारलाई तीन लाख भारु क्षतीपूर्ती दिएको छ । त्यसपछि बेहुलाले लुगा फेरेर विवाहको कार्यक्रममा सरिक भए ।

३५ वर्षे बेहुला अमित यादव इन्दिरापुरमका व्यापारी हुन् । यस्तै ३२ वर्षे सोनम दिल्लीकी बासिन्दा हुन् । सोनमका बुवा फूल कुमारले फेब्रुअरी ०९ तारिखमा उक्त पार्टी प्यालेस बुक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्