संसार बनावट नै निकै विचित्रको छ, जहाँ पौडिनु पर्ने माछा दौडिन्छ!!



२८ माघ २०७५, काठमाडौं

प्राय हामीले माछा पानीमा पौडिने मात्र देख्दै आएका छौ तर विश्वमा यस्ता माछा पनि छन् जो पौडिदैनन् बरु दौडिन्छन् । यो संसारको बनावट नै निकै विचित्रको छ । अस्ट्रेलियाको सानो क्षेत्रमा पाईने यस्तो माछालाई ह्याण्डफिस भनेर चिनिन्छ । जसको शरिरिमा हात जस्तै २ अंग हुन्छन् जसको मद्धतले उनीहरु दौडिन्छन् । यी प्रजातिका माछा पौडिदैनन् बरु समुन्द्रको पिँधमा गएर दौडिन मन पराउँछन् ।

जसको संरचनामात्र होईन यहाँ पाईने अनेक अनेक जीवजन्तुहरुको बनावट पनि संसारलाई छक्क पार्ने किसिमको हुने गर्छ । विश्वमा यस्ता यस्ता जीवजन्तुहरु पनि छन् जसको हामी कल्पना पनि गर्न सक्दैनौ । बिषेशगरी पानीमा रहने जीवजन्तुहरुले भने मानिसहरुलाई अचम्ममा पार्ने गर्छ । पानी भन्ने बित्तिकै धेरैले माछालाई सम्झिहाल्छौ किनकी यो पानीबिना बाच्नै सक्दैन । विश्वमा अनौठा माछाहरु पनि देखिएका छन् ।

यतिबेला दुर्लभ मानिएको यो प्रजातिलाई जोगाउन लागिपरेका छन् । सन् १९८० भन्दा अगाडी तास्मानियामा यो माछा निकै पाईन्थ्यो तर दुर्लभ हुँदै गएपछि यो प्रजातिको माछा हराउँदै गएको छ । सोही कारण बैज्ञानिकहरुले यो प्रजातिको माछा खोजेर भाले पोथी एकै ठाउँमा राखेर अण्डा बचाउने काम गरिरहेका छन्। ताकी यो प्रजातिको माछाको बिनास नहोस ।

प्रतिक्रिया दिनुहोस्