श्रीदेवीलाई सम्झिदैँ भावुक भइन् माधुरी, भन्छिन् श्रीदेवी छैनन् भनेर विश्वास नै लाग्दैन



२८ माघ २०७५, काठमाडौँ

बलिउड नायिका श्रीदेवीको निधन भएको एक बर्ष बितिसकेको छ । तर पनि उनको निधन भएको कुरा मान्न कतिपय उनका शुभचिन्तक तयार नै छैनन् । हुन पनि उनको असामयिक निधनलाई स्वाकार्न निकै कठिन छ ।

उनले मर्नुअघि चलचित्र कलंक मा काम गर्ने बताएकी थिइन् । तर उनी नै नरहेपछि उक्त भूमिकामा माधुरीलाई फाइनल गरिएको छ । माधुरी श्रीदेवी की निकै ठूलो फ्यान थिइन् । उनी पनि बलिउडकी सफल अभिनेत्री हुन् ।

यस्तैमा माधुरीले श्रीदेवीलाई सम्झेर भावुक हुँदै उनको बारेमा केही भनेकी छिन् । माधुरीले श्रीदेवीको निधनको खबर आज पनि आफूलाई सपना जस्तै लाग्ने बताइन् । उनले श्रीदेवी छैनन् भनेर विश्वास गर्न आफूलाई निकै मुश्किल हुने बताइन् । श्रीदेवी नरहे पनि उनले श्रीदेवी को सम्झना आफ्नो मनमा सधैँ रहने बताएकी छिन् ।

 

 

प्रतिक्रिया दिनुहोस्