जब शिल्पाले ‘म आमा बन्दै छु’ भनेर आफ्नी बहिनी समितालाई पठाइन् म्यासेज



२८ माघ २०७५, काठमाडौँ

शिल्पा शेठ्ठी बलिउडकी निकै चर्चित नायिका हुन् । उनले बलिउडमा थुप्रै हिट फिल्महरु दिएकी छिन् । उनी केही रियालिटी शो की जर्ज समेत बनिसकेकी छिन् । यतिबेला भने उनी भारतको चर्चित रियालिटि शो सुपर डान्सर मा व्यस्त छिन् ।

शिल्पा केहीदिन अघि कपिल शर्मा शो मा गएकी थिइन् । उनीसँगै कपिल शर्मा शो मा सुपर डान्सरका अन्य जर्ज पनि गएका थिए । त्यहाँ उनले सबैको पोल खोलिन् । शिल्पाले अनुराग दादा निकै बदमास भएको बताइन् । उनले अनुराग दादाले शो मा सबैलाई निकै हसाउँने समेत बताइन् ।

एकचोटी त झन् अनुरागले शिल्पाको फोनबाट उनकी बहिनी समितालाई म आमा बन्दै छु भनेर म्यासेज पठाएका थिए । जुन म्यासेज हेरेर समिता निकै खुसी भएकी थिइन् । तर अन्त्यमा उनलाई यो थाहा भयो की त्यो एउटा प्रयाङ्क मात्र थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्