६ हजार घुस लिने मालपोतका नायव सुब्बाविरुद्ध अख्तियारमा मुद्धा



२७ माघ २०७५ काठमाडौँ

भूमि–सुधार तथा मालपोत कार्यालय ललितपुरका नायव सुब्बा कुमारबहादुर राजभण्डारी र लेखकपढी व्यवसायी बाबुराजा शाक्यविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेका छन् ।

राजभण्डारी र बिचौलिया शाक्यले जग्गा हालसाविक गर्न सेवाग्राहीसँग ६ हजार घुसबापतको रकम लिइसकेको अवस्था अख्तियारले नियन्त्रणमा लिएको बताईएको छ ।

अख्तियारले अनुसन्धान गर्दा सो घुस लिने कार्यमा प्रत्यक्ष संलग्नता देखिई नायव सुब्बा कुमारबहादुर राजभण्डारीले ‘भ्रष्टाचार निवारण ऐन, २०५९’ को दफा ३ को उपदफा ९१० को कसुर गरेको जानकारी पाईएको हो ।

लेखापढी व्यवसायी बाबुराजा शाक्यले सोही ऐनको दफा ३ को उपदफा ९२० बमोजिम कसुर गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।

स–प्रमाण पुष्टि हुन आएकोले उनीहरुलार्ई ६ हजार बिगो कायम गरी ‘भ्रष्टाचार निवारण ऐन, २०५९’ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम जरिवाना र कैद सजायमा राखी आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्