दन्त चिकित्सकहरु भन्छन् : देशमा स्वास्थ्य नीति स्पष्ट नहुदाँ दन्त रोगीहरु बढे



२७ माघ २०७५, चितवन / पवन ,डिलकुमारी नेपाल

देशमा स्वास्थ्य नीति स्पष्ट नहुदाँ दन्त रोगका विरामीहरु बढेको चिकित्सकहरुकाे भनाई छ। मुख तथा दन्त स्वास्थ्य सेवा जनताको पहुँचमा सर्वसुलभ ढंगबाट पुग्ने नीति नभएकै कारण बेला बेलामा दुघटना हुने चरण बढेकाे उनीहरु दावि गर्छन् ।

पूर्वी चितवनको पर्यटकीय नगरी सौराहामा आयोजित देशभरका दन्त चिकित्सकहरुको साे भेलामा सहभागी दन्त चिकित्सकहरुले यस्तो बताएका हुन् । उनीहरुका भनाईले नेपालमा दन्त रोगको निराकरण गर्न हरेक स्वास्थ्य केन्द्र तथा उप स्वास्थ्य केन्द्रहरुमा दन्त स्वास्थ्यकर्मीहरुको दरवन्दीको गरिने नीति कार्यान्वयन तत्कालै गर्नुपर्ने माग समेत भेलाले माग गरेकाे छ ।

कार्यक्रममा सहभागी अधिकाशं चिकित्सकहरुले दन्त स्वास्थ्य सम्वन्धि राष्ट्रिय नीति तथा कार्यक्रमहरु बनाउदा दन्त स्वास्थ्यकर्मीहरुको पेशागत हकहितका सम्वन्धमा चासो देखाउनु राम्रो हाे । उनीहरुले दाँतको रोगलाई सामान्य तरिकाले वुझ्दा भविष्यमा भयानक अवस्था सृजना हुने भन्दै दन्त चिकित्सकहरुले चिन्ता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै नेपाल दन्त चिकित्सक संघका केन्द्रिय अध्यक्ष डाक्टर प्रविन्द्र अधिकारीले विरामीहरुले दन्त चिकित्सक पहिचान गर्न नसकेको गुनासाहरु छरे। दाँतको रोगलाई विरामीले सामान्य रुपमा लिने गर्छन् संघका अध्यक्ष डाक्टर अधिकारीले भने अन्तिम अवस्थामा मात्रै सम्वन्धीत डाक्टरसंग उपचारका लागि धाउने गर्छन् । डाक्टर अधिकारीले समयमै उपचारका लागि सम्वन्धीत डाक्टर समक्ष पुगेर सचेतनाका कार्यक्रम आवश्यक रहेको बताए । साथै डाक्टरहरुले पनि समयानुकुल आफ्नो दक्षतालाई विकास गर्नु पर्ने कुरामा उनले जोड दिइन्।

यस्तै कार्यक्रमा नै नेपाल दन्त चिकित्सक संघका केन्द्रिय महासचिव कुम्भराज जोशीले मेडिकल काउन्सीलमा २ हजार ६ सय मात्रै दन्त चिकित्सक दर्ता भएको र वार्षिक ६ सयको लगभग हाराहारिमा रहेकाले मात्रै चिकित्सक उत्पादन हुने गरेको वताए । उनले दाँत उपचारका लागि नेपालमा छुट्टै अस्पताल नहुदाँ आफुहरुले यस्तै सम्मेलनमा दन्त चिकित्सकहरुको समस्या,अवसर र चुनौतीका विषयमा छलफल गर्नुका साथै कार्य अनुभव आदानप्रदान काे लागि याे भेला राखेकाे स्पष्ट पारे ।

कार्यक्रममा बोल्दै चितवन डेन्टल एसोसियसनकी अध्यक्ष डाक्टर विष्णु माया खरेलले मुख स्वास्थ्य राम्रो नहुँदा शरीरमा विभिन्न किसिमका रोगहरु लाग्नुका साथै अन्य समस्याहरु पनि देखा पर्छ भनेर धेरै शिक्षितदेखि अशिक्षित वर्गमा पनि चेतना नभएकोले उनीहरुमा मुख तथा दन्त स्वास्थ्यको बारेमा चेतना अभिवृद्धि गराउन कार्यक्रममा भनिन् ।

उनले नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले जस्तो स्वास्थ्य नीति लिएको छ त्यो नीतिमा नै कमीकमजोरी भएको भन्दै मुख स्वास्थ्य स्वस्थ भएमात्र अरु स्वास्थ्य राम्रो हुन्छ तसर्थ देशको मुख स्वास्थ्य नीति स्पष्ट गर्न पहल गनुपर्ने कुरा बताईन् । भेलामा देशभरमा आएको भण्डै १ सय बढी दन्त चिकित्सकहरु सहभागी रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्