नेसनल युनाइटेडमा अभिभावक दिवस तथा विज्ञान प्रदर्शनी



२७ माघ २०७५, काठमाडौँ

बूढानीलकण्ठ-८, हात्तिगौँडास्थित नेसनल युनाइटेड स्कुलमो अभिभावक दिवस तथा विज्ञान प्रदर्शनी विविध सांस्कृतिक कार्यक्रमका साथ यहि माघ २६ गते शनिबारका दिन विद्यालय प्राङ्गणमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी प्याब्सन काठमाडौँ जिल्ला कार्यसमितिका अध्यक्ष श्री हरिकृष्ण श्रेष्ठ, कार्यक्रमका सभापति एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सह–प्राध्यापक रेवती प्रसाद दाहाल तथा स्कुलका संस्थापक जे.बी. हमालले कार्यक्रमको संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । स्थानीय समाजसेवी तथा अभिभावकसहित  करिब ९५० जनाको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा नर्सरीदेखी कक्षा दशसम्मका विद्यार्थीहरुले तयार पारेका शैक्षिक तथा विज्ञानका सामाग्रीहरुको  प्रदर्शनी गरिएको थियो भने सांस्कृतिक कार्यक्रम तर्फ नृत्य, गायन, नाटक, गीती नाटकका साथै वक्तृत्वको माध्यमबाट विद्यार्थीहरुले आफ्नो कलालाई उत्कृष्ट ढङ्गबाट प्रस्तुत गरेका थिए । कार्यक्रममा २०७४ सालको वार्षिक परीक्षामा प्रत्येक कक्षामा उत्कृष्ट तीन स्थान हासिल गर्ने विद्यार्थीहरुलाई प्रमुख अतिथी, कार्यक्रमका सभापति लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी श्रेष्ठले विद्यालयलाई उत्कृष्ट बनाउनको लागि अभिभावकहरुको भृ्मिकामाथि चर्चा गर्दै विद्यालय र अभिभावकहरुको उच्च संयोजनका कारण नेसनल युनाइटेड स्कुल उत्कृष्ट विद्यालय रहेको कुरा बताउनुभयो भने आगामी दिनमा निजी तथा आवासिय विद्यालयहरुलाई अझै समय सापेक्ष बनाउन प्याब्सनको तर्फबाट सक्दो प्रयास गर्ने जानकारी गराउनुभयो । त्यसैगरि संस्थापक हमालले विश्वका सफल व्यक्तिहरुको उदाहरण दिनुहुँदै प्रविधिमैत्री शिक्षण विधिद्वारा सिकाइलाई अझै बढी प्रभावकारी बनाउन सकिने कुरा बताउनुभयो ।

कार्यक्रममा अभिभावक तथा अन्य अतिथी वक्ताहरुले शैक्षिक तथा अतिरिक्त क्रियाकलापको माध्यमबाट दक्ष-जनशक्ति निर्माण गरी सुन्दर समाज निर्माणमा नेसनल युनाइटेड स्कुलले पुर्याएको योगदानको प्रशंसा गर्दै निरन्तरताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्